एन आई सी एशिया क्यापिटलको अक्ष्यक्षमा कपिल ढकाल


एन आई सी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् ।

नयाँ आर्थिक वर्षको पहिलो दिन बसेको क्यापिटल सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । ढकाललाई साउन १ गतेदेखि नै लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएको क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकालसँग डेलोइट इण्डिया बिग ४, आईसीआईसीआई बैंक इण्डियामा काम गरेको अनुभव छ भने हाम्रो विकास बैंकमा उनी प्रमुख कार्यकारी अधिकृत भईसकेका छन् ।

व्यवसायिक चार्टर्ड एकाउण्टेण्ट समेत रहेका ढकालले बैंकमा विजनेश प्रोशेस रिइञ्जिनियरिङ विभागको प्रमुख भएर सेवा सुरु गरेका थिए । उनीसँग १२ वर्षभन्दा बढी अवधिसम्म बैंकिङ क्षेत्रको उच्च तहमा रहेर काम गरेको अनुभव छ ।

हाल एन आई सी एशिया लघुवित्तको समेत अध्यक्ष रहेका ढकालको कार्यक्षमताले आगामी दिनमा क्यापिटलले फट्को मार्ने विश्वास लिइएको छ ।

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एन आई सी एशिया क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।