प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत परियोजना तर्जुमा तथा व्यवस्थापन तालिम गराइँदै

0
Shares

श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) ७५३ रोजगार सेवा केन्द्रका १५०६ स्थानीय कर्मचारीहरूको लागि परियोजना तर्जुमा तथा व्यवस्थापन बारेमा १ दिनको क्षमता अभीबृदि प्रशिक्षण आयोजना गरिने भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) द्वारा आयोजित सो कार्यक्रम आइएलओ को सहकार्यमा ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्रा.लीको एकाइ मार्फत सञ्चालन हुने भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयको ठूलो परियोजना हो जुन बेरोजगारहरुलाई रोजगार पाउनका लागि परियोजना र कार्यक्रमहरुको विकासमा कार्यरत छ । पीएमईपीको कार्यक्रम मुलुकमा सफल पार्नका लागि, प्रत्येक ७५३ –स्थानीय स्तरमा १ रोजगार संयोजक र १ प्राविधिक सहयोगी कार्यरत छन् ।

यस प्रधानमन्त्री रोजगार कार्यक्रमले आइएलओको सहकार्यमा रोजगार सेवा केन्द्रका कर्मचारीहरुलाई प्रोजेक्ट साइकल व्यवस्थापनमा सम्बन्धि क्षमता अभीबृदि तालिम कार्यक्रमको आयोजना गर्न लागिरहेको छ । उक्त कार्यक्रमका कार्यान्वयनका लागि ग्लोकल प्रा लीले इ लर्निङ्ग प्लाटफर्म मार्फत कर्मचारीहरुलाई तालिम दिने कुरा घोषणा गरेको छ ।

बेरोजगारलाई रोजगारीमा ल्याउन गरिएका सबै कामहरू एक ठूलो परियोजना हो र यसलाई धेरै कुशलतापूर्वक व्यवस्थापन गर्न आवश्यक छ । रोजगार संयोजकहरू र प्रत्येक प्राविधिक सहयोगीले ७५३ स्थानीय स्तरमा ठूलो परियोजना सञ्चालन गरिरहेका छन् ।

स्थानीय रोजगार सेवा केन्द्रका कर्मचारीहरूका लागि नतिजामा आधारित परियोजना ब्यबस्थापन र सञ्चार प्रशिक्षणको यो विशेष कार्यले पीएमईपीका कर्मचारीहरूलाई प्रभावकारी प्रशिक्षण लिन र आफ्नो कार्य कौशलतालाई अझै ससक्त बनाउन झन प्रेरित गर्दछ ।

७५३ रोजगार सेवा केन्द्रहरुका स्थानीय कर्मचारीहरुलाई परिणाममा आधारित व्यवस्थापन आधारभूतहरू, र सञ्चारको सिद्धान्तहरूबारे तालिम दिने लक्ष्यका साथ, ग्लोकलले कुल १५०६ जना कर्मचारीहरुलाई दैनिक ४ समुहमा बिभाजन गरी १० दिन सम्म तालिम सन्चालन गर्नेछ । जुलाई २० देखि २९ सम्म हरेक समुहले ६ घण्टाको विस्तृत तालिम एवम प्रशिक्षन पाउनेछन ।

उक्त तालिममा परियोजना चक्रको परिचय, प्रोजेक्ट डिजाइन र व्यवस्थापन, अनुगमन र मूल्यांकनका लागि प्रविधिहरू, सार्वजनिक रोजगार कार्यक्रमहरू, सिकाई र अनुभवहरू, रोजगार सेवा केन्द्रहरूद्वारा प्रभावकारी सेवा वितरण लगायतका विषयहरु समावेश गरिनेछ ।

यस प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम मन्त्रालय र रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना र आईएलओको सहयोगमा ग्लोकल प्रा.लि. को एक एकाइ, ग्लोकल आफ्टर स्कुलले प्रशिक्षण कार्यान्वयन पार्टनरका रुपमा काम गर्ने भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ श्रावण २०७८, सोमबार  १२ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।