उच्च विन्दुमा पुगेको नेप्सेमा सामान्य करेक्सन, कारोबार रकमको साथ कायमै

0
Shares

साउन १० गते आइतबार ५४.३३ अंकले बढेर ३ हजार ५८ दशमलव ६३ बिन्दुको सर्वाधिक उचाइमा पुगेको नेप्सेमा सोमबार भने सामान्य करेक्सन आएको छ ।

सोमबार नेप्से ८.२४ अंक घटेर ३०५०.४२ विन्दुमा झरेकोे छ । बजारले नयाँ उचाई लिएपछि नाफा बुक गर्नेहरु सक्रिय हुँदा सोमबारको बजार घटेको हो । बजार घटेपनि कारोबार रकमले भने साथ दिएको छ । यसदिन पनि १४ अर्ब बढीको शेयर किनबेच भयो ।

सोमबारको बजारमा २२३ कम्पनीको १ लाख ३७ हजार २४२ पटकको कारोबारमा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार बजारमा १४ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएको थियो।

यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.३५ प्रतिशत बढेको छ। बैंकिङ्ग समूहको परिसूचक सर्वाधिक २ प्रतिशत घटेको छ।

समग्र बजार सूचक घटेपनि यस दिन ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। घलेम्दी हाइड्रो, जानकी फाइनान्स, माउन्टेन हाइड्रो, रिडी हाइड्रोपावर, विशाल बजार, ङादी ग्रुप पावर र हिमालयन उर्जाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यता एनआईसी एशियाको ऋणपत्रको मूल्य भने यस दिन सर्वाधिक ७.२२ प्रतिशत घटेको छ। यस दिन ङादी ग्रुप पावरको सबैभन्दा धेरै ३९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ११ श्रावण २०७८, सोमबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।