मिर्मिरे लघुवित्तले घोषणा गर्यो बम्पर बोनस, अन्य दुई लघुवित्तसँग मर्जरमा जाँदै

0
Shares

मिर्मिरे लघुवित्तले गत आर्थिक वर्ष २०७५र७६ को कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले ४५ प्रतिशत बोनस शेयर तथा २.३६ प्रतिशत नगद गरी कुल ४७.३६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

हाल १२ करोड ८७ लाख ८६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले चुक्ता पूँजीको ४५ प्रतिशत बराबर ५ करोड ७९ लाख ५३ हजार बराबरको बोनश शेयर तथा कर प्रयोजनका लागि ३० लाख ५० हजार नगद लाभांश वितरण गर्नेछ ।

केन्द्रिय बैंकको स्वीकृति पश्चात कम्पनीको साधारण सभाले पारित गरेपछि मात्र कम्पनीका शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । प्रस्तावित बोन वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १८ करोड ६६ लाख नाघ्नेछ ।

गत आर्थिक वर्षमा लघुवित्तले ६ करोड १४ लाख खुद नाफा आर्जन गरको थियो । जसको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ७४ पैसा, प्रति शेयर नेटवर्थ १७४ रुपैयाँ ४५ पैसा र मुल्य आम्दानी अनुपात १८.८३ गुण बढी छ ।

राष्ट्रियस्तरको ठूलो लघुवित्त कम्पनी बन्ने उदेश्यका साथ नेप्सेमा सूचीकृत मिर्मिरे माइक्रोफाइनान्स, नागबेली लघुवित्त, र किसान माइक्रोफाइनान्सले एक आपसमा मर्जर सम्झौता गरिसकेका छन् ।