सुनको भाउ अहिलेसम्मकै उच्च,प्रतितोला ७२ हजार ५ सय पुग्यो

0
Shares

नेपाली बजारमा सुनको भाउ आइतबार हालसम्मकै उच्च पुगेको छ । आइतबार छापावाला सुन एकैदिन प्रतितोला १२ सय रुपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि प्रतितोला १२ सय रुपैयाँले बढेर ७२ हजार २ सय रुपैयाँ पुगेको छ । पछिल्लो तीन दिनदेखि सुनको मूल्य स्थिर थियो । आइतबार चाँदिको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको हो। सुनको मूल्य बढ्दै जानुमा अमेरिका चीन व्यापार युद्ध मुख्य हो। सुनको मूल्य बढ्दै जाँदा कारोबारमा भने कमी आएको व्यवसायी बताउँछन्।

पछिल्लो सयम सुनको भाउ निरन्तर बढेपछि बजारमा क्रेता भन्दा बिक्रेता बढी देखिएका छन् ।