सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन गर्ने समय भदौ १९ गते सम्म लम्बियो

0
Shares

सिद्धार्थ बैंकले निष्काशन गरेको ऋणपत्र पत्रमा आवेदन गर्ने समय थप भएको छ । निर्धारित समयमा बैंकको ऋणपत्र सबै बिक्री हुन नसकेपछि भदौ १९ गतेसम्म म्याद थप भएको हो ।

बैंकले भदौ ५ गतेदेखि २५ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको थियो । यसमध्ये १० लाख युनिट सर्वसाधारणका लागि, सामूहिक लागानी कोषहरुलाई कुल ५० हजार इकाई छुट्याईएको छ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्नेछ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बारबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकत्तम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।