मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा उल्लेखीय रुपमा नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सको खुद ब्याज आम्दानीमा गिरावट आउँदा पनि अन्य आम्दानी उल्लेखीय रुपमा बढेपछि खुद नाफा बढेको हो ।

गत आवको अन्त्य अर्थात असार मसान्तसम्ममा फाइनान्सले ५६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११५.८१ प्रतिशत बढी हो । जबकी यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी साढे २८ प्रतिशत बढीले घटेको छ ।
फाइनान्सको संचालन मुनाफा, नेट फि तथा कमिशन आम्दानी तथा अन्य सञ्चालन आम्दानी बढेपछि नाफा बढेको हो ।
खुद नाफा बढेपछि फाइनान्सको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६७ पैसा बढेर ५८ रुपैयाँ ८५ पैसा पुगेको छ।
समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ११३.६९ प्रतिशत, नेट फि तथा कमिशन आम्दानी ३७.०७ प्रतिशतले बढेको छ । फाइनान्सको सञ्चालन आम्दानी १० करोड ४२ लाख रुपैयाँबाट बढेर ७६ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ४८ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ९६ करोड ५३ लाख पुर्याएको फाइनान्सको जगेडा कोषमा ७६ करोड ७८ लाख छ । जुन ५७.८७ प्रतिशत बढेको हो ।
त्यस्तै, फाइनान्सको निक्षेप ५२.३६ प्रतिशतले बढेर ८ अर्ब ९१ करोड र कर्जा ५.४८ प्रतिशतले ६ अर्ब २० करोड पुगेको छ । फाइनान्सको मूल्य आम्दानी अनुपात २१.७५ गुणा तथा प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया