विजय लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँले बढ्यो

0
Shares

विजय लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षमा १०३.७२ प्रतिशतले खुद नाफा बढ्दा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८.४८ रुपैयाँले वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा लघुवित्तले ११ करोड ८४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद नाफा बढेसँगै लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २५.९५ बाट ४४.४३ रुपैयाँ पुगेको हो । यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १६५.०४ रुपैयाँ छ ।

चुक्ता पूँजी २६ करोड ६५ लाख ९७ हजार रूपैयाँ रहेको लघुवित्तको समीक्षा अवधिमा चुक्ता पूँजी १९ प्रतिशत, जगेडा कोष ६२.५८ प्रतिशत, निक्षेप २५.०७ प्रतिशत, खुद ब्याज आम्दानी ७४.२४ प्रतिशत र सञ्चालन नाफा ७९.१२ प्रतिशतले बढेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात अघिल्लो आवको तुलनामा १.४२ प्रतिशतले बढेर ४.६६ प्रतिशत पुगेको छ ।

लघुवित्तको जगेडा कोषमा १७ करोड ३३ लाख ८२ हजार रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा १० करोड ६६ लाख ४० हजार रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पूँजी १९ प्रतिशतले बढेर २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको चुक्ता पूँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँ रहेको थियोे ।

लघुवित्तले गत आवको २०७८ असार मसान्तसम्ममा लघुवित्तले ९९ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । लघुवित्तले ३८ करोड रुपैयाँ खुद ब्याज आम्दानी र १५ करोड ६८ लाख ४२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।