गर्भनर पौडेलको दस्तखत भएको ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । बैंकले साविककै आकार तथा रङमा, नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार संकेत नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म भएको नयाँ नोट चलनचल्तीमा ल्याइएको हो ।

आजदेखि चलनचल्तीमा आएको नोटको अगाडिको भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश रहने छ ।

बाँयातर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । सोको मुनि ‘५०’ अंकित पानीछापमा समेत छ । नोटको तल्लो खण्डमा सिरिज नम्बर वि।सं। २०८२ लेखिएको छ । नोटमा गभर्नर प्रा। डा। विश्वनाथ पौडेलको दस्तखत छ । नोटमा १।२ मिलिमिटर चौडा भएको कागजमा बुनिएको सुरक्षण धागो राखिएको छ ।

राष्ट्र बैंकले यसअघि २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको ९सिरिज २०१९० का नोट संकेत नम्बर ज ८९ ०००००१ देखि ट ३३ ९९९९९९ सम्म चलनचल्तीमा ल्याउने भनेर सूचना जारी भए पनि ज ८९ ००००००१ देखि ट २३ ९००००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार  ०९ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।