वाणिज्य बैंकहरु मध्ये लाभांश घोषणा गर्नेमा सिटिजन्स बैंक बन्यो पहिलो, बोनश कति ?

0
Shares

सिटिजन्स् बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ ९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले १२ प्रतिशत नगद तथा ३ प्रतिशत बोनस सहित कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब ४८ करोड खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ११ करोड रुपैंयाँ थियो । 

गत आवमा बैंकको शेयरधनीकोषमा (बाँड्न मिल्ने रकम) एक अर्ब २६ करोड ७८ लाख रहेकोमा गत आवको मुनाफाबाट बैंकले शेयरधनीलाई एक अर्ब २५ करोड ५६ लाख ५९ हजार ७१६ रुपैयाँ बराबरको लाभांश वितरण गर्न प्रस्ताव गरेको हो।

८ अर्ब ३७ करोड चुक्ता पूँजी रहेको बैंकको बोनश पछि चुक्ता पूँजी आठ अर्ब ६२ करोड नाघ्ने छ ।