यूनाइटेड इन्स्योरेन्सको नाफा ३३०% ले बढ्यो, खुद बीमाशुल्क ४३ करोड

0
Shares

यूनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा खुद नाफा ३३०.३८ प्रतिशतले बढाएको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ करोड ५२ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले १ करोड ७४ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४३ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.९६ प्रतिशत बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३२ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशनबाट १२ करोड ६१ लख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा छ ।

कम्पनीले ३ हजार ९७३ दाबी वापत ४८ हजार ७४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले ६ हजार १७५ दाबी वापत ९३ करोड ३१ लख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

चौथो त्रैमासको अवधिसम्ममा कम्पनीले १२ लाख २ हजार ८२६ कुल बीमालेख जारी एक अर्ब ५ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।