समीट लघुवित्तले प्रस्ताव गर्यो गत आर्थिक वर्षको लाभांश

0
Shares

समीट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१.०९५२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.११०३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जस अुसार कम्पनीले चार करोड ४३ लाख रुपैयाँ बराबरको बोनश शेयर र करका लागि २३ लाख ३१ हजार ५७८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल कम्पनीको चुक्तापूँजी २१ करोड रुपैयाँ छ । लाभांश वितरण पश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ४३ लाख पुग्नेछ ।