
वित्तीय अवस्था धरासायी भएपछि स्थायी रुपमा कम्पनी बन्द गरेको श्रीराम सुगर मिल्सले भदौ २४ गते कम्पनीको २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
उखु मिल्सहरुले किसानलाई समयमा नै उखुको भुक्तानी नदिँदा उखु खेती घटेर उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नपाउँदा कम्पनीको वित्तीय अवस्था पनि कमजोरहुँदै गत आवमा पूर्ण रुपमा स्थायी रुपमा नै मिल्स बन्द भएको अवस्था छ । दुई अर्ब बढी घाटामा पुगेपछि दुई दशक पुरानो मिल्स २०७७ साउन ११ गतेबाट बन्द गर्ने निर्णय भएको हो। मिल बन्द भएसँगै कम्पनीको धितोपत्रको दोस्रो बजारमा समेत कारोबार बन्द रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष शेयर गोल्छा परिवारको लगानी रहेको मिल्सले किसानलाई तिर्नुपर्ने बक्यौता रकम क्रमश भुक्तानी गरिरहेको छ ।
कम्पनीले भदौ २४ गते बिहीबर नयाँ बानेश्वरको अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट जुम मार्फत सभा बोलाएको छ ।
सभाले उद्योगले भुक्तानी गर्न बाँकी दायित्वको सम्बन्धमा छलफल गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहका विषमा छलफल गर्ने प्रस्ता गरेको छ ।
यस्तै आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि लेखा परीक्षक नियुक्त गर्ने र पारीश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा समावेश छ ।
- श्रीराम सुगर मिल्सको सबै किसानहरुलाई उखूको भूक्तानी गरिसकेको दाबी
- श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता तिर्न बैंकमा जम्मा गर्यो २५ करोड
- श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता भुक्तानी गर्न थाल्यो
- नेप्सेद्वारा श्रीराम सुगर मिल्स बन्द गर्नुको कारण माग
- श्रीराम सुगर मिल्स पुनः सञ्चालनमा ल्याउन सरकार र उद्योगीबीच छलफल
- श्रीराम सुगर मिल्समा १२ सय शेयरधनी, वीरगञ्ज चिनीसहित दुई बैंकको लगानी
- दुई दशक पुरानो श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द, शेयर मूल्य भने बढ्यो
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया