सुनको भाउ तोलामा ८ सय बढेर ७३ हजार ४ सय रुपैयाँ पुग्यो

0
Shares

नेपाली बजारमा सुन भाउ प्रतितोला ७३ हजार चार सय रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ । बिहीबार सुनको भाउ एकैपटक प्रतितोला ८०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँ र तेजाबी ७३ हजार १०० रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको भाउ स्थिर थियो । मंगलबार छापावाला सुन ७२ हजार ६०० र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १२ भाद्र २०७६, बिहिबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।