
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा भदौ ९ गते बुधबारसम्म ११ करोड १ लाख ४१ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो ।
आईपीओ बिक्री खुला भएको ९ दिनमा ४ हजार ५१९ जना आवेदकहरूबाट ११ लाख १ हजार ४१० कित्ताका लागि आवेदन माग भएको कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल लिमिटेडले जनाएको छ । जसमध्ये आयोजना प्रभावित २५९ वटा आवेदनबाट २ लाख १३ हजार ६१० कित्ताका लागि र ४ हजार २६० जना लमजुङ्गबासीहरुबाट ८ लाख ८७ हजार ८०० कित्ताको माग भएको छ ।
कम्पनीले लमजुङ जिल्लाका बासिनदाका लागि प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो । हालसम्म निष्काशित शेयरको ६१.१८ प्रतिशत शेयर सब्सक्राइब भएको छ ।
कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं ३ ९ साविक खुदी गाविसका वडा नं. १, २, ३ र ६ मात्र तथा मस्र्याङ्दी गाउँपालिका वडा नं ६, ७ र ८ ९ साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडाहरु का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर निष्कासन गरेको हो ।
बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गरेको हो ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । यस्तै छिटोमा भदौ १५ गते सम्ममा र ढिलोमा भदौ ३० गतेसम्मा आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ न्। कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन बुझ्ने व्यवस्था गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया