तीन लाख नगद सहित १९ जुवाडे पक्राउ

0
Shares


नेपाल प्रहरीले करिब ३ लाख रुपैयाँ नगद सहित छुट्टा छुट्टै स्थानबाट १९ जना जुवाडेलाई नियन्त्रण्मा लिएको छ ।

प्रहरीले ललितपुर, महालक्ष्मी नगरपालिका–३ महर्जन चोकबाट ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरबाट गएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार १ सय ८५ रुपैयाँ सहित पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी प्रहरीले कास्की, पोखरा महानगरपालिका–३ नदिपुरबाट ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले नदिपुर बस्ने ३७ वर्षीया एकमाया रानामगरको घरमा तास खेलिरहेको अवस्थामा एकमाया लगायत ८ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

उनीहरुलाई नगद ५६ हजार १३० रुपैयाँ र ४ बुक तास सहित वडा प्रहरी कार्यालय बगरबाट गएको प्रहरीले पक्राउ गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ भाद्र २०७८, शुक्रबार  १४ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।