स्रोत नखुलेको ६ लाख सहित पर्साबाट १ पक्राउ

0
Shares

नेपाल प्रहरीले पर्साबाट स्रोत नखुलेको ६ लाख रुपैयाँ सहित एक जनालाई पक्रउ गरेको छ ।

प्रहरीले वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट श्रोत नखुलेको उक्त रकम सहित सोही ठाउँ बस्ने ६० वर्षीय स्वामीनाथ प्रसाद साह तेलीलाई पक्राउ गरेको हो ।

भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.८ प १८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा शुक्रबार पक्रउ गरेको हो ।

तेली विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।