प्रभु बैंकको कीर्तिपुर शाखा सञ्चालनमा


प्रभु बैंकले कीर्तिपुरमा नयाँ शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेको हुुन् ।

कार्यक्रमका प्रमुख अतिथी कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराएको बताए । बैकले कीर्तिपुर नगरबासीहरुलाई पनि गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रदान गर्ने उनले बताए ।

बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र कीर्तिपुरबासीको आर्थिक समृद्धिका लागि ग्राहकसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको बताए । साथै, बैंकले नेपाल सरकारको नीति अनुरुप नेपाल राष्ट्र बैंकद्धारा जारी “सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरु सहज ढंगले कर्जा उपलब्ध गराउँदै आएकोले आप्mनो आवश्यकता अनुसार कर्जा उपभोग गर्न समेत सुझाव दिएका थिए ।