ब्याजदरमा खेलवाड नगर्न निर्देशन दिँदै अर्थमन्त्रीले भने,-‘ घर जग्गाधितोमा मात्र ऋण नदिनुस् ‘

0
Shares

अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदरमा खेलवाड नगर्न निर्देशन दिएका छन् । नेपाल चेम्बर अफ कर्मशले नेपालको अर्थतन्त्रका बिद्यमान अवसर तथा चुनौतिहरु बिषय अन्तरक्रियमा मन्त्री खतिवडाले ब्याजदरको अनिश्चितता हटाउनु पर्ने बताए ।

मन्त्री खतिवडाले बैंकहरुले घर जग्गा धितोपत्रमा मात्र ऋण दिने परम्पराको अत्त्य गर्नुपर्ने सुझाब समेत दिए । व्यवसाय हेरेर पनि ऋण दिने व्यवस्था गर्नुपर्ने मन्त्री खतिवडाको भनाई छ । नेपालमा पैसा सस्तो छैन् ६ प्रतिशत हाराहारीमा बचतमा ब्याज दिईरहेका बैंकहरुले सोहि दरमा ऋण देलान भन्ने आशा नगरौं कम्तिमा दश एघार प्रतिशितमा ऋणको ब्याजदर रहोस भन्ने हो । कम्तिमा दुई बर्ष ब्याजदरको निश्चितता हुन जरुरी छ । मन्त्री खतिवडाले भने ।

उनले व्यवसाय र जागिरका लागि प्यान आवश्यक हुने बताउँदै अहिले नभएपनि भबिष्यमा जसरी पनि लिनुपर्ने बताए । अनौपचारिक व्यवसायबाट औपचारिकमा जान प्यान अनिवार्य गरिरहेको उनको भनाई थियो ।

साथै उनले पैतृक सम्पत्तिमा कर लगाउने बहश सुरु मात्र भएको जानकारी दिए । यो बिषय राजश्व वोर्डमा पुगेको छ । छलफलको क्रममा मात्र रहेको भन्दै कुनै निर्णय नभएको प्रष्ट पार्दै उनले भने, यो आज भोलि नै कार्यन्वयनमा आउने होईन

अर्थमन्त्री खतिवडाले भ्याट फिर्ताको च्याप्टरनै क्लोज गरेर सरकारले भ्याटको लुतो फालेको समेत बताए । विश्वका कुनै पनि मुलुकमा नभएको व्यवस्था नेपालमा कार्यान्वयन रहेकाले यसलाई हटाइएको भन्दै च्याप्टर क्लोज भईसकेको बिषय नउठाउन व्यवसायीलाई आग्रह समेत गरे ।