कुमारी बैंक लिमिटेडद्धारा निःशुल्क एन्टिजन् टेस्ट् क्याम्प सञ्चालन

0
Shares

कुमारी बैंक लिमिटेड (KBL) ले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि “निःशुल्क एन्टिजन् टेस्ट् क्याम्प” आयोजना गरेको छ ।

सो क्याम्प काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, भदौ १८ गते शुक्रबार आयोजना गरेको बैंकले जानकारी दिएको छ ।

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजन् टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको जानकारी गराएको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देस्यले उपरोक्त कार्यकम आयोजना गरेको हो ।

आफ्नो डिजिटल सामथ्र्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।