‘एटिएम ह्याक’ को अनुसन्धान राष्ट्र बैंकले गर्ने, भारतबाट पनि ह्याकरको अट्याक

0
Shares

नेपालका केहि बैंकहरुको एटिएम ह्याकगरी चिनीयाँ ह्याकरहरुले एकैपटक ठूलो रकम चोरी गरेपछि राष्ट्र बैंकले गहन अनुसन्धान गर्ने भएको छ ।

विभिन्न बैंकहरुको एटिएम मार्फत ह्याकरले झण्डै साढे ३ करोड रुपैयाँ गैरकानुनी रुपमा झिकेपछि त्यसको अध्ययनका लागि राष्ट्र बैंकले अध्ययन समिति गठन गरेको छ ।

ह्याकरले नेपाल र भारतवाट एकसाथ एटिएम ह्याक गरेको राष्ट्र बैंकको ठम्याई छ । चिनीयाँ ह्याकरहरुले नेपाल र भारतबाट एकैपटक एटिएम ह्याक गरेकाले धेरै संवेदनशी रहेको भन्दै राष्ट्र बैंकले आफ्नै नेतृत्वमा अनुसन्धान गर्ने राष्ट्र बैंकका प्रबक्ता लक्षमी प्रपन्न निरौलाले जानकारी दिए ।
आइतबार राष्ट्र बैंकले गठन गरेको समितिले प्रहरीसंगको आवश्यक सहकार्यमा उपलब्ध तथ्यांकहरुको विश्लेषण गरेर आगामी बुधबारसम्ममा प्रतिवेदन बुझाउने छ ।

केन्द्रिय बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन भएको सो समितिका सदस्याहरुमा नेप्सका प्रमूख कार्यकारी अधिकृत, बैंकर्स संघको प्रतिनिधि, राष्ट्र बैंकको सुचना प्रणाली विभागका प्रमूख रहेका छन । त्यसैगरी भुक्तानी प्रणाली विभागका निर्देशक सदस्य सचिव रहेको निरैलाले जानकारी दिए ।

अहिलेसम्म ह्याकरहरुले बैंकहरुको एटिएममा मात्र अट्याक गरेको र बैंकहरुको प्रणालीमा अट्याक नभएकाले निक्षेपकर्तालाई निश्चिन्त हुन आग्रह गरेको छ । सर्वसाधरणको निक्षेप सुरक्षित छ । प्रवक्ता निरौलाले भने ।

ह्याकरले गत शनिबार विभिन्न बैंकका एटिएमबाट नेपाली रुपैयाँ एक करोड ७६ लाख र भारतीय मुद्रा एक करोड ५ लाख रुपैयाँ चोरी गरेको नेपाल राष्ट्र बैंकका प्रबक्ता लक्षमी प्रपन्न निरौलाले बताए ।  नेपाल प्रहरीले एटिएम ह्याक र ह्याकर बारे अध्ययन गरिरहेको छ । घट्नामा संलग्न ५ चिनियाँलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ । प्रहरीले नगद, एटीएम कार्ड लगायत विभिन्न उपकरणसहित पक्राउ गरेको थियो ।