नेपाल बिटुमिन तथा ब्यारेल उद्योगले बिटुमिनको बजार विस्तारका लागि प्रदेश प्रदेशहरूमा डिलर नियुक्त गर्ने भएको छ ।
कम्पनीको बुधबार एकैपटक सम्पन्न भएको तीन आर्थिक वर्षको साधारण सभालाई सम्बैधन गर्दै अध्यक्ष प्रदीपकुमार श्रेष्ठले सो बताएका हुन् ।
सभामा शेयरधनीहरूको प्रश्नको जवाफ दिँदै प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले लकडाउन तथा निशेधाज्ञा लगायतको असहज परिस्थितिका बाबजुत कम्पनीले बजारमा न्यून गुणस्तरका बिटुमिनसँग प्रतिस्पर्धा गरी केही नाफा आर्जन गर्न सकेको बताए ।
सडक निर्माणका लागि आधारभूत वस्तु बिटुमिन तथा बिटुमिन इमल्सन उत्पादन गर्ने यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आफू तथा सञ्चालक समिति लागिपरेको अध्यक्ष श्रेष्ठको भनाई थियो ।
सभामा शेयरधनीहरूको तर्फबाट अमृतनाथ रेग्मीका साथै डमरू बल्लभ घिमिरेले आ-आफ्नो मन्तब्य राखेका थिए । उनीहरुले कोभिड–१९ का कारण देशमा लकडाउन तथा निशेधाज्ञा जस्ता असहज परिस्थिति पैदा हुँदा समेत केही नाफा कमाउन सक्षम भएको तथा कम्पनीलाई अझ प्रभावकारी बनाउनका लागि नयाँ सञ्चालकलाई सहभागि गराई नयाँ सोचअनुसार कम्पनी अगाडि बढाउन सञ्चालक समितिमा सुझाव दिए ।
कम्पनीले २०७५ बैशाखमा तीन आर्थिक वर्षको साधारण सभा गरेको कम्पनीले तीन वर्षपछि फेरि अर्को तीन आर्थिक वर्षहरु २०७४/७५, २०७५/७६ र २०७६/७७ को ३०, ३१ र ३२ औंं वार्षिक साधारण सभा बुधबार एकैपटक गरेको हो ।
लकडाउन तथा निशेधाज्ञा लगायतका कारणले गर्दा भौतिक निर्माणका कार्यहरू हुन नसकिरहेको असहज परिस्थिति सृजना भएकोले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्दा कम्पनीलाई पनि असर पुगेको जानकारी दिइयो ।

कोभिड–१९ का कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको परिपालना गर्दै उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोक, ललितपुरमा भर्चुअल माध्यम भिडियो कन्फरेन्स (जुम) मार्फत साधारण सभा सम्पन्न भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया