मेगा बैंकको मुद्दती खातामा वार्षिक ९.५५ प्रतिशतसम्म ब्याज

0
Shares

मेगा बैंकले बैंकको मुद्दती खातामा बार्षिक ९.५५ प्रतिशतसम्म ब्याज भएको छ ।

बैंकले ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।

बैंकले नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा ग्राहकहरुलाई मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने जनाएको हो ।

ग्राहकहरुले मेगा बैंकको बचत खातामा पनि ६.०५ प्रतिशतसम्म ब्याज दिने भएको छ । जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो ।

यसैगरी, मेगा बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ । ‘मेगा महा बचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको छ । दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैंयामा खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयहरुमा मुद्दती तथा बचत खाता खोली ब्याजदर सहितको सुविधा लिनसक्ने बैंकले जनाएको छ । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।