विराटनगर–काठमाडौं ‘बुलेट एसी’ बस सञ्चालनमा, बसभित्रै शौचालयको सुविधा

0
Shares

विराटनगरसहित प्रदेश १ को धरान र काँकडभिट्टाबाट काठमाडौँका लागि बुलेट एसी बस सञ्चालनमा आएको छ।

विराटनगर–काठमाडौंका लागि सुविधासम्पन्न बुलेट एसी बस सञ्चालनमा आएका हो। बुलेट एसी प्रालिले देशभरका सात सहरका लागि काठमाडौंदेखि यो बस सञ्चालन गर्ने भएको हो।

विराटनगर–काठमाडौँको लागि १ हजार ७ सय ५५ रुपैयाँ पर्ने बुलेट बसको यात्रा भाडालाई दशैँ अफरका रुपमा एक हजार ५०० रुपैयाँ कायम गरिएको छ।

भाइकिङ्ग बस भएका कारण यस बुलेट एसी बसको सिट क्षमता ३९ रहेको छ। यसका सवार यात्रुका लागि कम्पनिले प्राथमिक स्वास्थ्य उपचारका लागि प्रयोग गरिने स्वास्थ्य किट उपलब्ध गराउनेछ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सामाग्री किटमा समावेश गरिएको हुन्छ।

किट उपलब्ध गराएबापत यात्रुले छुट्टै रकम बुझाउनुपर्नेछैन। किटमा पानी, ग्लोब्स, मास्क र केहि रुघाखोकी लाग्दा सेवन गर्ने औषधिहरु समावेश गरिने छ।

सरोज न्यौपाने र उमेश खड्कालगायतले यो बुलेट बस प्रा.लि.मार्फत सातवटा बस सञ्चालनमा ल्याएका हुन्।

१० करोड ५० लाखको लागतमा संचालनमा ल्याईएको बुलेट बसमा हवाई जहाजको जतिकै सुबिधा रहेको दाबी गरिएको छ।

यात्राको लागि यात्रुले अनलाइन तथा बुकिङ काउन्टरबाट टिकट लिन पाउने व्यवस्था गरिएको छ। बुलेट बस सञ्चालक समूहले २७ सिटर बस २/१ सोफा लक्जरि सिटसहितको बसहरु संचालनको तयारी समेत गरेको छ। त्यसमा भने शौचालयको सुविधा बसभित्रै हुनेछ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।