यस्ता छन् चार पाङ्ग्रे बिक्रेताका चाडपर्व लक्षित अफरै अफर

0
Shares

नेपालीहरुको महान चाड दशैँ नजिकिए संगै चार पाङ्ग्रे गाडीका शोरुमहरुमा गाडी किन्ने, हेर्ने र छान्ने ग्राहकहरुको भिड बढ्न थालेको छ।

गाडी बिक्रेता कम्पनी तथा वितरकहरुले पनि यो अवसरमा आकर्षक योजनाहरु ल्याएका हुन्छन् । अर्थात यो अवसरमा गाडी किन्दा ग्राहकलाई निकै छुट र सहुलियतको पनि व्यवस्था हुने हुनाले गाडी किन्नेको लर्को हुन्छ ।

गाडी बिक्रेता कम्पनीहरुले पनि आफ्नो मुख्य कारोबारको समय भएकाले यस समयमा नयाँ गाडी किन्ने ग्राहकलाई लक्षित गरेर नगद छुट सहित उपहारको योजनालाई प्राथमिकता दिएका छन् । दशैँमा ग्राहकहरु कुन गाडी किन्ने भन्दै शोरुम धाउन थालेका छन् भने बिक्रेताहरु विभिन्न अफरहरु ल्याएर ग्राहकलाई तानिरहेका छन् ।

सुजुकी

सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले दशैं–तिहार लक्षित सुजुकी पर्वोत्सव अफर बजारमा लिइसकेको छ ।

सीजी मोटोकर्पले उक्त अफरमा ग्राहकलाई २ लाख रुपैयाँ बराबरको नगद छुट दिने भएको छ । साथै १ लाख ५० हजार रुपैयाँसम्म एक्चेञ्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस र १ वर्षको सवारी बीमाका साथै स्क्रयाच कार्डमार्फत् ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने छन ।

प्रोटोन

प्रोटोनले पनि नेपालीहरुको महान पर्व दशैँको अवसरमा दशैं दक्षिणा योजना सार्वजनिक गरेको छ ।

दशैं दक्षिणा योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा १ लाखदेखि ६ लाखसम्मको दक्षिणा पाउने कम्पनीले जनाएको छ ।
यस कम्पनीको नयाँ गाडी किन्दा ५० हजार देखि २ लाख ५० हजार सम्मको छुट साथ साथै पाटपूर्जा समेत सितैमा पाउने व्यवस्था गरिएको छ ।

भदौ १७ गतेबाट सुरु हुने यो योजना प्रोटोनका काठमाडौँ, बुटवल र पोखरामा रहेका शोरुममा लागु हुनेछ ।

फोटोन

फोटनले सेभ टनाटन अर्न टनाटन भन्ने नारा सहित नेपालका लागि फोटन मोटर्स दशैँ अफर ल्याएको छ ।

फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले उक्त अफर ल्याएको जनाकारी दिएको हो ।

यस योजनामा भ्यान भ्यु सीएस २ एलको खरिदमा तीन महिनासम्म किस्ता तिर्नु पर्ने छैन । साथै ८०% सम्म फाइनान्स, २ लाख पचास हजार रुपैयाँसम्म छुट पाइने छ । र १२ लाखको डाउनपेमेन्टमा गाडी खरिद गर्ने सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक वर्षका लागि निशूल्क बीमा र एक वर्षका लागि रोड ट्याक्स रहेको छ । कम्पनीका अनुसार हाल १९ सिट क्षमताको भ्यान भ्यू सीएस२ एल यो छुट पाइने छ ।

टाटा

नेपालका लागि टाटा मोटर्सलेको एकमात्र अधिकारिक बिक्रेता, सिप्रदी ट्रेडिङ्गले दशैको अवसरमा नयाँ गाडी किन्ने ग्राहकका लागि ‘यसपालीको दशैंतिहार टाटाका सेफेस्ट कार हर्षमय परिवार’ अफर सार्वजनिक बजारमा ल्याएको छ ।

बिक्रेताका हनुसार उक्त योजना अन्तर्गत कम्पनीले २ लाख सम्म नगद छुट दिने जनाएको छ । साथै एक वर्षका लागि निःशुल्क सवारी कर, ३ वर्षको वारेन्टी सहित फ्रि सर्भिस र अट्राक्टिभ बोनसको समेत व्यवस्था गरेको छ ।

हुन्डाई

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दर्शैं–तिहार लक्षित ‘हुण्डाई फेष्टिभ डेलाइट २०७८’ योजना सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ ‘हुण्डाई आई २०’ पाउनेछन् । साथै, कम्पनीका तर्फबाट ३ लाख रुपैयाँसम्मको नगद छुट पनि प्राप्त गर्न सकिन्छ ।

साथै स्क्रयाच कार्डमार्फत् १ लाख रुपैयाँसम्मको थप नगद छुट र निस्शुल्क १ वर्ष सम्मको बिमा र सडक कर (चालु आव) समेत प्राप्त गर्न सक्नेछन् ।
साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टीसहित एक वर्षको बीमाको व्यवस्था गरीएको कम्पनीले जनाएको छ ।

निसान

निसान गाडीको आधिकारिक विक्रेता तथा बजार व्यवस्थापन पायोनियर मोटोकर्पले दशैं–तिहारको अवसरमा ‘निसान फेस्टिभ ड्राइभ’ अफर सार्वजनिक गरेको छ।

उक्त योजनाअन्तर्गत ग्राहकले ३ लाख ५२ हजार २ सय ७१ रुपैयाँ लाभ लिन सक्नेछन् । जसमा कम्पनीले २ लाख ५० हजार नगद छुट प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, कम्पनीले ग्राहकहरूलाई दशैंतिहार लक्षित १ वर्षको बीमा, १ वर्ष सडकको कर, ३ वर्ष फ्रि सर्भिसिङ र ३ वर्ष वारेन्टीको अफर ल्याएको छ ।

फोर्ड

फोर्ड मोटर्स कम्पनीले दशै–तिहार लक्षित ‘फोर्स मोटर्स दशैं तिहारमा १० को अफर’ अफर सार्वजनिक गरेको छ ।
कम्पनीले ग्राहकहरूलाई दशैंतिहार लक्षित १० प्रतिशत नगद छुट, १० प्रतिशत स्पेयर पार्टसमा नगद छुट, १० निशुल्क सर्भिसिङ र १० जनालाई लक्की ड्रद्धारा सामसुङ एफाइभटु स्मार्ट फोन पाउन सक्ने योजना सार्वजनिक गरेको छ ।

त्यस्तै,फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष र ३ लाख किलोमिटरसम्मको वारेन्टी समेत दिएको छ।

ड्याटसन

महान पर्व दशैको अवसर पारेर ड्याट्सन कम्पनीले पनि आफ्नो अफर सार्वजनिक गरिसकेको छ ।
नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले दशैं–तिहारको अवसर पारेर नेपाली बजारमा ड्याट्सन फेस्टिभ हट डिल योजना सार्वजनिक गरेको हो ।

दशैंको अवसरमा कार खरिद गर्ने ग्राहकहरुका लागि कम्पनीले उक्त योजना ल्याएको कम्पनीले जनाएको छ । यस योजनामा सहभागी हुने ग्राहकलाई कूल २ लाख ४ हजार ५२ बराबरको विशेष फाइदा लिन सक्नेछन् ।

त्यसैगरी १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई कम्पनीले २८ हजार मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गर्ने भएको छ ।
गाडी खरिदमा १ वर्षको बीमा तथा सवारी कर साथै ३ वर्षका लागि वारेन्टि तथा फ्रि सर्भिसिङ्गको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।