लक्ष्मी बैंकलाई एसियन डेभेलपमेन्ट बैंकको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि

0
Shares

लक्ष्मी बैंक (LBL) लाई  एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधिबाट सम्मानित गरेको छ ।

सो उपाधि एडिबी को ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ जसमा एडिबी सँग को सहकार्य मा सबै भन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ ।

लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।

एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंक ले बिभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरुसँग कारोबार गरी सबै भन्दा सकृय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ ।

एडिबी को ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि ले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापान को सुदृधिकारण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको छ ।

हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअलु गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंक लाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंक हरुलाई २० वटा श्रेण्ीामा विभिन्न उपाधिहरु द्वारा सम्मानित गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।