सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगीको आरोपमा पक्राउ

0
Shares

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगीको आरोपमा पक्राउ परेका छन् ।

तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार साँझ सुन्धराबाट पक्राउ गरेको हो ।

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको व्यूरोका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

तामाङसहित प्रहरीले अन्य १० जनालाई पनि पक्राउ गरेको जनाएको छ  ।

सिभिल बैंक, सिभिल होम्स तथा सिभिल सहकारीलगायतका मालिक समेत रहेका तामाङ ४६ करोड रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनी पूर्व सांसद समेत हुन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।