ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो २८ प्रतिशत बोनस

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त कम्पनीको असोज १९ गते, मंगलबार सम्पन्न सञ्चालक समितिको १४२ औं बैठकले उक्त लाभांश घोषणा गरेको हो । 

बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव हरिकृष्ण जोशीले जानकारी दिए ।

कम्पनीले २८ प्रतिशतले १२ करोड ८ लाख ७८ हजार ९१५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत आवबाट प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।