सानिमा क्यापिटलले १३ प्रतिशत नगद लाभांस बितरण गर्ने


सानिमा क्यापिटलले नगद लाभांस बितरण गर्ने प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ । क्यापिटलले आगामी असोज १३ गते साधारण सभा बोलाएको छ ।

पुतलीसडकस्थित क्यापिटलको रजिष्टर्ड कार्यालयमा बोलाइएको चौथो वार्षिक साधारण सभाले गत आर्थिक वर्षको वित्तीय विबरण अनुमोदन गर्दै लेखापरीक्षक नियक्त गर्ने निर्णय गर्नेछ ।