बैंक अफ काठमाण्डूको खुद नाफा २५ करोड, अन्य सूचक कस्ता ?

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा २५ करोड ३४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २४ करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेपनि बैंकको पूँजी वृद्धिको अनुपातमा नाफा नबढ्दा वार्षिक प्रतिशेयर आम्दानी भने ०.९० रुपैयाँले घटेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १०.५० रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस ११.३० रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ९२ लाख ६८ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक १.२१ प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब २ अर्ब १४ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ६ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ७९ करोड ४४ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ३६ करोड २१ लाख १० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ९ अर्ब ६५ करोड ८१ लाख ७६ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७१ करोड २१ लाख र शेयरधनी कोषमा १ अर्ब ३८ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ३.७९, शेयरधनी कोष २.१६, निक्षेप संकलन ६.३२, कर्जा लगानी ९.३९, खुद ब्याज आम्दानी ११.९८ र सञ्चालन नाफा २१.९७ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.९२ प्रतिशत, कोषको लागत ५.५५, आधार ब्याजदर ८.५६, स्पेडदर २.८९, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.४८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १७३.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.२९ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।