एनबि बैंकको खुद नाफा २८ प्रतिशतले घट्यो

0
Shares

नेपाल बंगलादेश बैंक लिमिटेड (NBB) ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ४१ करोड १६ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५७ करोड ११ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा घटेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ८.६० रुपैयाँले घटेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.२९ रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस २६.८९ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८ करोड ९४ लाख ४५ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ३.९७ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले ७७ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन तथा अर्ब ३७ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ६७ करोड ६५ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ५६ करोड ४४ लाख ९६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी ९ अर्ब ४८ लाख २१ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १९ करोड ३९ लाख र शेयरधनी कोषमा १ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ र शेयर प्रिमियममा १ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा निक्षेप संकलन १०.६१, खुद ब्याज आम्दानी २.२६ र सञ्चालन नाफा २७.६६ प्रतिशतले घटेको छ । बैंकको कर्जा लगानी ५.०४ प्रतिशत, जगेडा कोष ४.१५, शेयरधनी कोष ६.१० प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.७१ प्रतिशत, कोषको लागत ५.६४, आधार ब्याजदर ७.५१, स्पेडदर ३.२३, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.३८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १७४.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.५३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।