मल्टीपर्पस फाइनान्सको नाफा ८० प्रतिशत घट्यो

0
Shares

मल्टीपर्पस फाइनान्स कम्पनीको खुद नाफा ८० प्रतिशतले घटेको छ ।

गत आवको पहिलो त्रैमासमा १० लाख ६८ हजार नाफा कमाएको उक्त कम्पनीको चालू आवको सोही अवधिमा २ लाख १३ हजार मात्र नाफा कमाएको छ ।

कम्पनीको खर्चमा वृद्धि भएसँगै सञ्चालन नाफा ९७ प्रतिशत घटेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ । चुक्ता पूँजी ४० करोड रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी घटेर २१ पैसामा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १२१.३२ रुपैउयाँ छ ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको जगेडा कोषमा १ करोड २८ लाख ६९ हजार, रिटेण्ड अर्निङमा ५ करोड १० लाख ५४ हजार र शेयर प्रिमियममा २ करोड १३ लाख ४१ हजार सञ्चित छ ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १९६ प्रतिशत, जगेडा कोष ११.४० प्रतिशत, निक्षेप १६.६२ प्रतिशत र कर्जा २५.५० प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा फाइनान्सले ३५ करोड ६५ लाख निक्षेप संकलन तथा ४३ करोड १५ लाख कर्जा लगानी गरेर ५० लाख ८८ हजार खुद ब्याज आम्दानी तथा ३२ हजार सञ्चालन नाफा कमाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार  १४ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।