रैराङ र रिडी हाइड्रोपावरको शेयर कारोबार रोक्का


मर्जर प्रकृयामा जाने सम्झौता गरेका रैराङ हाइड्रोपावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार रोक्का भएको छ ।

नेप्सेले दुवै संस्था एक आपसमा मर्जरमा गएका कारण शेयर कारोबार रोक्का गरिएको जनाएको छ । दुई कम्पनीका बीचमा गत बुधबार एक आपसमा गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

मर्जर तथा प्राप्ती सम्पन्न गर्नका लागि बुधबार भएको समझदारी बमोजिम दुबै कम्पनीको सञ्चालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटी बन्ने भएको छ ।

दुवै कम्पनीले नेप्सेमा उठाएको पत्रमा दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेल सम्मको लागि दोस्रो बजारमा हुने शेयर कारोबार रोक्का राखिदिन निवेदन पेश गरेको उल्लेख छ ।

हाल रिडीको चुक्ता पूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैयाँ र रैराङ हाइड्रोपावरको चुक्ता पूँजी ५६ करोड रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।