मौद्रिक नीतिको समीक्षा कुर्दै लगानीकर्ता, सीमित कम्पनीको शेयर मूल्यमा तिब्र उतार चढाव


चाड पर्वका बिच तिहार पछि खुलेको शेयर बजार ओरालो लागेको छ । बजार खुलेदेखि नै क्रमिक रुपमा ओरालो लाग्दै गर्दा केही कम्पनीहरुको शेयर मूल्यमा तिब्र अन्तरको उतारचढाव देखिएको छ ।

चाडपर्व सकिए पछिको कारोबार, कम्पनीहरुले धमाधम घोषणा गरेका लाभांश लगायतले पनि बजारलाई पर्ख र हेरको अवस्थामा राखेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्ने क्रममा हुन सक्ने नीतिगत व्यवस्थालाई पर्खिँदा धेरै लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । जसका कारण बजार उत्साहित हुन सकिरहेको छैन ।

सोमबार बजार परिसुचक नेप्से ओरालो लाग्ने क्रममा झण्डै ३० अंकसम्म तल झरेकोमा अन्तिम समयमा १९.२० अंकले घटेको हो । योसँगै बजार परिसुचक नेप्से २८२९.६४ अंकमा ओर्लिएको छ ।

२३० कम्पनीका ७२ लाख ७ हजार २९६ कित्ता शेयरहरु ४९ हजार ५३० पटक किनबेच हुँदा ४ अर्ब ४२ करोड ७ लाख १९ हजार रुपैंयामा किनबेच भएका छन् । बजारमा गिरावट आउँदै गर्दा कारोबार रकम पनि घटेको हो ।

लगानी, म्युचुअल फण्ड र फाइनान्स उपसमुहमा सामान्य सुधार आएको बजारमा अरु सबै सुचकहरुमा गिरावट आएको छ ।

साधारण शेयर सूचीकरण गराएका साहस उर्जा, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको बजारमा अन्तिम समयमा आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य पनि १० प्रतिशतले बढाइएको छ ।

जानकी फाइनान्स, पुर्वाधार विकास बैंक, नेशनल हाइड्रो लगायत कम्पनीको शेयर मूल्य पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उता शेयर मूल्य धेरै घट्ने कम्पनीको सूचीमा सपोर्ट माइक्रोफाइनान्स, पाँचथर पावर कम्पनी, कालिका पावर, हिमालयन उर्जा, जोशी हाइड्रो, रुरु जलविद्युत लगायत कम्पनी परेका छन् ।

बजार ओरालो लाग्दै गर्दा ठुला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.७१ अंकले ओरालो लागेर ५२८.३७ अंकमा ओर्लिएको छ ।

कारोबारबार योग्य शेयरको मापन गणनाा गर्ने प्लोट इन्डेक्स १.३६ अंकले घटेर १९६.९५ अंकमा ओलिएको बजार सूचक नेप्से समग्रमा ०.६७ प्रतिशतले घटेको हो ।

२५ लघुवित्तले प्रस्ताव गरे लाभांश, औषत लाभांश २५ प्रतिशत नजिक, कुनको कति ?

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।