उन्नति सहकार्य लघुवित्तको लाभांश संशोधन

0
Shares

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ ।

संस्थाको कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको निर्देशनपश्चात संशोधन भएको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेकोमा त्यसलाई संशोधन गर्दै ३० प्रतिशत मात्र वितरण गर्ने भएको हो ।

उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि बनेको उन्नति सहकार्य लघुवित्तले वितरण गर्ने बोनस शेयरमा कर लाग्दैन । उक्त प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ६१ लाख ६९ हजार रुपैयाँ छ। ३० प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ९० लाख पुग्नेछ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ मंसिर २०७८, आइतबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।