आइटी प्रणालीहरुको सुरक्षा अडिट गर्न राष्ट्र बैंकको निर्देशन

0
Shares

राष्ट्र बैंकले प्रविधि सञ्चालन र प्रयोगमा विशेष शतर्कता अपनाउनका साथै आइटी प्रणालीहरुको सुरक्षा अडिट गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले  विभिन्न किसिमका साबइर आक्रमण, भाइरस लगायतका विधिबाट हुने डाटा चुहावट र चोरी नियन्त्रण गर्न गुणस्तरीय प्रविधि प्रयोग गर्न बैंकहरुलाई सुझाएको हो । चिनियाँ ह्याकरहरुले नेपाली बैंकको एटिएम प्रणाली ह्याक गरेर पैसा चोरेपछि केन्द्रीय बैंकले बैंकहरुलाई प्रविधिमा सुधार गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सुचना प्रविधि प्रणालीमा अन्तरनिहित आन्तरिक एवं बाह्य सुरक्षाको जोखिम न्यूनीयकरण तथा ब्यवस्थापनका लागि निर्देशन जारी गर्दै आफ्नो वेवसाइट, मोबाइल एप, सामजिक सञ्जाल, मालवेर भाइरस, र्यानसोमवेर जस्ता बाह्यीय जोखिम नियन्त्रणका लागि सचेत हुन सुझाब दिएको छ।

यस्तै, प्रविधि मार्फत सूचना आदानप्रदान, भुक्तानी आदेश एवं सेवा प्रवाह गर्दा अवलम्बन गरिएका प्रणालीहरुको सत्यता जाँच गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । साथै, आवश्यकता अनुसार प्रणालीहरुको बारम्बार अनुगमन गर्ने, सम्बन्धित निकायमा आवश्यक सूचना प्रवाह गर्नुपर्नेछ ।

राष्ट्र बैंकले सुचना आदनप्रदान गर्दा, भुक्तानी आदेश एवं सेवा प्रवाह गर्दा अवलम्बन गरेका प्रणालीको सत्यता जाँच गरेर मात्र गर्ने ब्यवस्था मिलाउन पनि निर्देशन दिएकोछ ।