शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खस्कियो

0
Shares

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा रहेको आइतबारको शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से सूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आइतबार नेप्से आज ११.६० अंकले घटर २ हजार ७ सय ५७ दशमलब ५३ विन्दुमा झरेको छ । यसदिन २२५ कम्पनीको ४ अर्ब ३५ करोड बराबरको शेयर किनबेच भएको छ ।

गत विहीबार नेप्सेमा ६ अर्ब २७ करोड १८ लाख बराबरको कारोबार भएको थियो । बुधबार नेप्सेमा ७ अर्ब ३७ करोड ९४ लाख बराबरको कारोबार भएको थियो ।

यसदिन मानुषी लघुवित्त वित्तीय संस्था र नारायणी डेभलपमेन्ट बैंक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तेह्रथुम जलविद्युत कम्पनी तथा आइसीएफसी फाइनान्स लगायतको शेयरमूल्य धेरै घटेको छ ।

यसदिन सबैभन्दा बढी कारोबार नेपाल महालक्ष्मी विकास बैंकको ५० करोडभन्दा बढीको कारोबार भएको छ । यसैगरी नेशनल हाइड्रोपावर २३.८४ करोड, नेपाल टेलिकम २२.६२ करोड, हिमाल दोलखा हाइड्रोपावर २१.५० करोड र अपर तामाकोशीको १५.२५ करोडको शेयर खरीद बिक्री भएको छ।  

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ मंसिर २०७८, आइतबार  १५ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।