नेपाल एसबिआई बैंकले ५.३१ प्रतिशत लाभांश वितरण गर्ने

0
Shares

नेपाल एसबिआई बैंक (SBI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ३.५० प्रतिशत बोनस शेयर तथा १.८१ प्रतिशत नगद लाभांश रहेको छ।

नेपाल एसबिआई बैंकले प्रस्ताव गरेको उक्त लाभांश वाणिज्य बैंकहरुमै सबैभन्दा कम हो । यसअघि सनराइज बैंकको ६.६७ प्रतिशत लाभांश कम रहेको थियो । एसबिआईले सनराइजभन्दा १.३६ प्रतिशत कम लाभांश वितरणकोप्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८८७ रुपैयाँ रहेको छ। बोनस  वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँ पुग्नेछ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।