जिडब्लुएम को ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु, उपहारसँगै छुट


ग्रेट वाल मोटर्स (जिडब्लुएम) गाडीहरुको नेपालको लागि आधिकारिक विक्रेता भि.जी. ईम्क्पेक्स प्रा.लि. ले दुई मोडेलका एसयूभी थर्ड जेन हवाल एच सिक्स र हवाल जोलायनका साथै पीक अप पावरको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ । यो आयोजना मङसिर ९ देखि मङसिर १४ गते सकिनेछ ।

क्याम्पमा इच्छुक जोसुकै पनि सहभागि हुन सक्नेछन् । सहभागि हुनका लागि इच्छुकले थापाथली काठमाडौं स्थित ग्रेट वाल मोटर्स को शाोरुममा बिहान १०ः०० बजे देखि बेलुका ५ः०० बजेसम्म निशुल्क टेस्ट ड्राइभ तथा एक्सचेन्जको फाइदा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

टेस्ट ड्राइभका लागि आउने प्रत्येक ग्राहकहरुले आकर्षक उपहार पाउनुका साथै ४३ इञ्चको एमआई स्मार्ट टि.भी. जित्ने मौका पाउनेछन् । क्याम्प अन्र्तगत ग्राहकहरुले गाडी एक्सचेन्ज गरी बुकिङ्ग गर्न सकिनेछ र आकर्षक बोनस, नगद छुट, निःशुल्क एसेसोरिज र सहज फाइनान्सिङको सुविधा पनि उपलब्ध हुनेछ । सबै ग्राहकहरुलाई गाडीहरुको विशेषता र फाइनान्सिङको बारेमा जानकारी गराउन अनुभवी विज्ञहरु उपस्थित रहनेछन् ।

जिडब्लुएमले अक्टोबर २०२१ मा जम्मा १ लाख १२ हजार ६९ वटा गाडी विक्री गरेको छ । जसमा अन्तर्राष्ट्रिय बजारमा मात्र १४ हजार ४७ वटा विक्री गरेको थियो । २०२१ को जनवरी देखि अक्टोवरसम्म अन्तर्राष्ट्रिय बजारमा विक्री भएको १ लाख १२ हजार २० सहित कुल ९ लाख ९६ हजार ११४ वटा गाडी बिक्री भएका छन् । यस क्रमममा गाडीको बिक्री ३०.३ प्रतिशतले बढेको विज्ञप्तिमा उल्लेख छ ।

चीनमा विगत ११ वर्ष देखि सबैभन्दा धेरै विक्री हुने नम्बर १ एसयूभी, हवाल ७० लाख थान बिक्री भईसकेको छ । ३५ लाख भन्दा धेरै विक्री भएको हवाल एच सिक्स ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै विक्री हुने एसयूभी पनि हो ।

चीनको घरेलु बजारमा नम्बर १ स्थानमा रहेको पीक अप पावर निर्यातमा पनि लगातार २४ वर्ष देखि सबैभन्दा माथि रहेको छ । घरेलु बजारको ५०% हिस्सा ओगटेको पावरको विश्वव्यापी जम्मा विक्री १९ लाख इकाइ रहेको छ ।

चीनमा सबैभन्दा धेरै एसयूभी र पीक अप उत्पादन गर्ने ग्रेट वाल मोटर्स १९८४ मा स्थापना भएको थियो । २००३ मा हङकङ्ग एच शेयर, २००३ मा शाङघाई ए शेयर मा लिस्ट भएको जिडब्लुएम अटो उत्पादन गर्ने पहिलो चीनियाँ कम्पनी हो । अन्तर्राष्ट्रिय बजारमा जाने चीनको पहिलो अटो कम्पनीको श्रेय पनि जिडब्लुएम लाई नै जान्छ ।१०० भन्दा धेरै सहायक कम्पनीहरु रहेको जीएमडब्लुमा ६० हजारभन्दा धेरै कर्मचारी छन् भने विश्वका ६० भन्दा धेरै राष्ट्रहरुमा यसको उपस्थिति छ ।

१५० अर्ब युआन भन्दा धेरै सम्पत्ति भएको जिडब्लुएम ले ५ वर्षसम्म लगातार १० लाख भन्दा बढी उत्पादनहरु बिक्री गर्न सफल भएको थियो । जिडब्लुएम “एसिया प्यासिफिक रिजनमा ५० बेस्ट लिस्टेड कम्पनी”, “दि फोब्र्स ग्लोबल २०००” र “फर्चुन ५०० चीन” मा लिस्ट भएको छ । यस कम्पनीको उपस्थिति रुस, दक्षिण अफ्रिका, अष्ट्रेलिया, मध्य र दक्षिण अमेरिका, दक्षिण एसिया, मध्य पूर्व र अफ्रिकामा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।