नेपाली बजारमा सुनको मूल्य बिहीबार स्थीर रहेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थीर रहेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य तोलामा ९१ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १९० रुपैयाँ कायम गरिएको छ ।
सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य स्थीर रहेपनी चाँदी तोलामा १० रुपैयाँले घटेको हो । बुधबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया