कवाड सप्लायर्स मार्फत २२ करोड बढी राजश्व चुहावट, पौने ४५ करोड माग दाबी सहित मुद्दा दर्ता

0
Shares

राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने कशौधन कवाड सप्लायर्सका संचालक विरुद्ध ४४ करोड ७३ लाखको माग दाबीसहित उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दर्ता गराएको छ ।

विभागले राजश्व चुहावट गर्ने रुपन्देही स्थित कशौधन कवाड सप्लायर्सका प्रमोदकुमार गुप्ता र गोविन्दकुमार कशौधन विरुद्ध मुद्दा दर्ता गराएको हो ।

विभागका अनुसार उक्त फर्मले राजश्व चुहावट गर्ने मनसायले अन्य फर्मको नामबाट समान खरिद गरी विभिन्न व्यक्तिहरुलाई बिक्री गरी सो को लेखाङ्कन नगरी मूल्य अभिबृद्धि कर र आय कर छलि गरेको पाइएपछि मुद्दा दर्ता गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

उक्त फर्मले मूल्य अभिबृद्धि कर ६ करोड ३१ लख ४८ हजार २ सय ६६ रुपैयाँ र आय करतर्फ १६ करोड ५ लाख ४५ हजार २ सय १३ रुपैयाँ गरी २२ करोड ३६ लाख ९३ हजार ४ सय ७९ रुपैयाँ राजश्व छलि गरेको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ।

विभागले बिगो र विगोको शत प्रतिशत जरिवाना सजाय हुने गरी ४४ करोड ७३ लाख ८६ हजार ९ सय ५८ रुपियाँ माग दाबी तथा ३ वर्षसम्म कैद सजायको माग सहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।