चाडपर्व नजिकिँदै गर्दा बैंकहरुको कर्जा प्रवाह बढ्यो, निक्षेपमा देखिएन सुधार

0
Shares

दशैंँ तिहार र छठ लगायतका ठूला चाडपर्वहरु नजिकिदैं गर्दा बैंकहरुको कर्जा प्रवाहको आकार बढ्न थालेको छ । चालु आर्थिक बर्ष सुरु भएयता कर्जा प्रवाहमा जोड दिएका बैंकहरु कर्जा विस्तारको तुलनामा निक्षेप संकलनमा भने कमजोर देखिएका छन्।

चालु आर्थिक वर्षको भदौ महिनाको तेस्रो सातामा बैंकहरुले ९ अर्व रुपैयाँ निक्षेप संकलन गरी १० अर्व रुपैयाँ कर्जा प्रबाह गरेका छन । आर्थिक वर्षको सुरुवाती भएको हुनाले पनि अन्य महिनाको तुलनामा बैंकहरुले साउन भदौको लगानी वढी गर्छन । बैंकहरुले भदौको दोस्रो सातामा ४ अर्व मात्र निक्षेप संकलन गरेर १३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए ।

चाडपर्वलाई लक्षित गरेर यो अवधिमा आयात उच्च भएका कारण ऋण बिस्तार अधिक देखिएको बैंकरहरु बताउछन् । नाडा शो पछि सवारी साधनको कर्जा ह्वात्तै बढ्दा बैंकहरुको समग्र कर्जाको आकार बढेको हो ।

तर, भदौ महिनाको तेस्रो सातामा बैंकहरुमा निक्षेप केही वढेको देखिन्छ । चाडवाड नजिकिएसंगै विदेशवाट रेमिट्यान्स आउने क्रममा केही वढेको हुनाले बैंकहरुको निक्षेपमा सुधार देखिएको हो ।

आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले अन्य त्रैमासको तुलनामा लगानी धेरै गर्ने गर्छन । आर्थिक वर्षभरीका लागि आम्दानी गर्ने भएकाले पनि पहिलो त्रैमासमा सक्दो लगानी वढाउने योजनामा बैंकहरु हुन्छन ।

बैंकहरुले भदौ १३ गते देखि २० गतेसम्ममा मात्र ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका हुन । गरेका छन । भदौ २० गतेसम्ममा बैंकहरुको कुल निक्षेप २८ खर्ब ६६ अर्ब पुगेको छ भने कर्जा २५ खर्ब ३९ अर्ब रुपैयाँँ पुगेको छ ।

यो अवधिमा आधिकासं बैंकहरुले दिर्घकालीन अवधिको ऋणपत्र निष्कासन गरेका छन् ।ऋणपत्र मार्फत संकलन गरेको पूँजी बैंकहरुले लगानी गर्दा पुँजी, कर्जा निक्षेप अनुपातमा गणना नगरी पुर्ण रुपमा लगानी सक्छन ।

त्यसैगरी गैर आवसीय नेपालीको विदेशी मुद्रामा पनि बैंक खाता खोल्न सक्ने र त्यसरी खलिएको खातामा भएको निक्षेपको पनि शतप्रतिशत लगानी गर्न सक्ने व्यवस्थाले बैंकहरुको लगानी वढेको हो ।

आगामी दिनमा पनि यी व्यवस्थाका कारण बैंकहरुले कर्जा लगानीका लागि निक्षेप नै वढाउनु पर्ने दवावमा भने केही सहजता हुने हुदाँ कर्जा विस्तार वढ्ने देखिन्छ ।