क्लासिक टेकको नेक्स्ट जेनेरेशन प्रविधीमा १ जीबीपीएसको वाइफाइ सेवा आउँदै


अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ को साथमा ‘ट्याकियन १ जीबीपीएस’ इन्टरनेट सेवा ल्याउने भएको छ ।

नेपालमै पहिलो पटक वाइफाइ ६ का साथमा ‘ट्याकियन १ जीबीपीएस’ इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको क्लासिक टेकले जनाएको छ । वाइफाइ ६ अन्तर्गत स्मार्ट कनेक्टीभिटी, बीमफर्मिङ, एमयू – एमआईएमओ लगायतका सुविधा रहनेछ ।

यो प्रविधिको इन्टरनेट अवलम्बन गरे पश्चात ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न पाउने विज्ञप्तिमा उल्लेख छ । वाइफाइ ६ प्रविधी अन्तर्गत इन्टरनेटको स्पिड ३ जीबीपीएससम्म हुने बताइएको छ । पहिलो चरणमा क्लासिकटेकले १ जीबीपीएससम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको क्लासिक टेकले जनाएको छ ।

कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले इन्टरनेट प्रयोग गर्न पाउने छन् । वाइफाइ ६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भव हुने र यसले धेरै प्रयोगकर्ता, धेरै इनपुट, धेरै आउटपुट प्रविधी हुनाले वाइफाइ राउटरलाई एकै साथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव हुनेछ । जसका कारण कुनै सिग्नलका लागि पर्खनु पर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तिब्र बनाउनेछ ।

वाइफाइ ६ पश्चात क्लासिकटेकले नेपालमा हाल प्रयोग भैरहेका ड्युअल व्याण्डका राउटरहरू विश्थापित गराइ नेपालभर ट्राई व्याण्ड राउटरहरु प्रयोगमा ल्याउने कम्पनीले जनाएको छ । ट्राइ ब्यान्डमा एउटा २.४ जीएचजेड व्याण्ड र दुइवटा ५ जीएभजेड व्यान्डहरू गरी तिनवटा अलग अलग सिग्नल ब्यान्डहरूका कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगरिकनै हाइ स्पीड इन्टरनेट प्रयोग गर्न सक्षम रहने छन् । यो प्रविधिको सुरुवात भए पश्चात बिना झन्झट, उच्च गतिको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने कम्पनीको विश्वास छ ।

१२ बर्षमा ७४ वटा जिल्लाका १०३ स्थानमा सेवा सञ्चालन ल्याएको क्लासकिटेकले कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।