विजय लघुवित्तले डाक्यो साधारण सभा

0
Shares

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले पुस २४ गते शनिबार नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्त सञ्चालक समितिको बैठकले गैडाकोट रिसोर्ट, गैडाकोट, नवलपरासीमा बिहान साढे ११ बजे साधारण सभा बोलाएको हो ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको २०.०३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ ।

यसैगरी विजय लघुवित्त र अन्य वित्तीय संस्थालाई प्राप्त गर्ने वा मर्जर गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

सभाका अन्य प्रस्तावहरुमा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका रहेका छन् ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १२ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । यस अनुसार पुस ११ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ पुस २०७८, शुक्रबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।