स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) को लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।
लघुवित्तले पुस १५ गते आह्वान गरेको २० औं वार्षिक साधारण सभाका लागि पुस ६ गते मंगलबारदेखि सभाको मितिसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
बुकक्लोज अनुसार पुस ५ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् ।
स्वावलम्बन लघुवित्तले पुस १५ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजे सभा बोलाउने निर्णय गरेको हो ।
कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा लघुवित्तको अधिकृत पूँजी १ अर्बबाट बढाएर १ अर्ब १५ करोड र्पुयाउने, स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने र चुक्ता पूँजी ९४ करोड ३० लाखबाट वृद्धि गरी १ अर्ब १२ करोड २१ लाख ७० हजार पुुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुने प्रस्ताव पनि पारित गर्नेछ ।
सम्बन्धीत समाचारकाे थप जानकारीका लागि तलका लिङ्कहरू पढ्नुहाेस्:-
स्वावलम्बन लघुवित्तले बोलायो २० औं साधारण सभाः २५% लाभांश पारित गर्दै
स्वावलम्बन लघुवित्तले पुस १५ गते डाक्यो साधारण सभा
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया