नेप्सेमा चार कम्पनीको सेयरमूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस ७ गते बुधबार चार कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

बुधबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले बोनस समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो । यसदिन दुई वाणिज्य बैंक तथा दुई लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।

स्टकका अनुसार एनएमबि बैंकको १२.५० प्रतिशत, नेपाल एसबिआई बैंकको ३.५० प्रतिशत, गणपति लघुवित्तको १९ प्रतिशत र छिमेक लघुवित्तको २७ प्रतिशत बोनस सेयर समायोजनपछि नयाँ मूल्य निर्धारण गरेको हो ।

बोनस समायोजनपछि नेप्सेले एनएमबि बैंकको ३३६.३६ रुपैयाँ, नेपाल एसबिआई बैंकको ३४४.८३ रुपैयाँ, गणपति लघुवित्तको १ हजार १७४.७९ रुपैयाँ र छिमेक लघुवित्तको १ हजार २४०.०८ रुपैयाँ सेयरमूल्य निर्धारण गरेको छ । बुधबार चारवटै कम्पनीको समायोजित मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ ।

नेप्सेले अघिल्लो कारोबार दिन पुस ६ गतेको अन्तिम मूल्यलाई आधार मानेर बोनस समायोजन गरेको हो । मंगलबार एनएमबि बैंकको सेयर प्रतिकित्ता ३७८.४० रुपैयाँ, नेपाल एसबिआई बैंकको ३५६.९० रुपैयाँ, गणपति लघुवित्तको १ हजार ३९८ रुपैयाँ र छिमेक लघुवित्तको १ हजार ५७४.९० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

एनएमबि (NMB) ले लाभांश पारित गर्न पुस २२ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान साढे १० बजे २६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

यसैगरी नेपाल एसबिआई (SBI) ले लाभांश पारित गर्न पुस २० गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे २८ औं वार्षिक साधारण सभा आह्वान गरेकोे छ ।

गणपति (GMFBS) ले लाभांश पारित गर्न पुस १७ गते शनिबार ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौंडा, तनहुँमा बिहान ११ बजे पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।

छिमेक (CBBL) ले लाभांश पारित गर्न पुस २३ गते मकवानपुरको हेटौंडा स्थित होटल सामना प्रालिको सभा हलमा बिहान ११ बजे २० औं वार्षिक साधारण सभा डाकेको छ ।

सम्बन्धित समाचारका थप जानकारीका लागि तलका लिङ्क उपयाेगी हुनेछन्:-

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७८, बुधबार  ०९ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।