सन नेपाल लाइफ इन्स्योरेन्स पनि क्लियरिङ्ग हाउसको एनपिआईमा आबद्ध

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्नको लागी नेपाल क्लियरिङ्ग हाउसको एनपिआईमा आबद्ध भएको छ।

सो सम्बन्धी सम्झौता पत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्र्तगत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएलकोे नेशनल पेमेन्ट इन्टरफेससँग जोडी उपलब्ध विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा खर्चको कारोबारहरु स्वचालित रुपमा गर्नसक्नेछन् । एनपिआईमा जोडिए पछि सन नेपाल लाइफका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ ।

उक्त प्रणाली मार्फत सन नेपाल लाइफले आफ्नो बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डरभुक्तानी, लगायतआफ्ना लगानीसम्बन्धी कारोबारहरुआबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछन् । यसले लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तिय संस्थाको खातामा प्राप्त गर्न सक्नेछन् ।

साथै सन नेपाल लाइफले आफ्ना विभिन्न खाताहरुमा रहेको रकमलाई समेत सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । सन नेपाल लाइफका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइन मार्फत कनेक्ट आईपिएसबाट, बैंक शाखाहरुबाट वा सदस्य बैंक÷वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानल मार्फतसजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

सन नेपाल लाइफ लगायत ८ जीवन बीमा कम्पनीहरु यस अघि र्न एनपिआईमा आबद्ध रहेका छन् भने ३० भन्दा बढी जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आइपिएस बाट भुक्तानी गर्दै आएका छन्।

साथै एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरीएको एनपिआई सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी, पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ६८ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।