दुई अर्ब ४१ करोड मागदाबी गर्दै राजश्व छलीमा संलग्न ५ जना विरुद्ध मुद्दा दायर

0
Shares

राजस्व अनुसन्धान विभागले राजश्व छलीमा संगल्न ५ जना विरुद्ध झण्डै २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभागले नागार्जुन नगरपालिका वडा नम्बर १, नर्सरीचोक स्थायी ठेगाना भएका आनसान इन्टरनेशनल प्रा.लि.को संञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ तथा उक्त संस्थाको लेखापरीक्षक तथा लेखापरिक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका प्रोपराइटर राजेश्वर श्रेष्ठ विरुद्ध उच्च अदालत पाटनमा पुस २० गते दायर गरिएको जनाएको छ।

उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई अर्थात कारोबार शुन्य देखाई प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागको ठहर छ ।

विभागका अनुसार उक्त फर्ममार्फत मु.अ.कर तर्फ ४२ करोड २६ लाख ७ हजार ३५१ आयकर तर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ र लाभासं तर्फ ९ करोड ७४ लाख ८४ हजार ३७६ रुपैयाँ समेत कुल विगो एक अबै २० करोड ४९ लाख १७ हजार ८२४ रुपैया कायम गरेको छ । विभागले निजहरुबाट विगो र विगोको शत प्रतिशत जरिवाना समेत २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ तथा ३ वर्षसम्म कैद सजाय हुन माग दाबी गरेको छ ।

प्रतिवादी राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर लेखापरीक्षक राजेश्वर श्रेष्ठलाई मतियारमा आधा सजायको मागदावी गरी यो अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।