प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले ५ लाख ३८ हजार कित्ता संस्थापक सेयर आज देखि लिलामीमा बिक्री खुला गरेको छ ।
सोमबारदेखि खुला भएको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयरमा इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले माघ ७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । लिलामीमा खरी दगर्ने आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोलमा आवेदन दिनेछन् ।
बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया