प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जनः बीमा समितिको नगद वितरण कडाईले बोनस बढ्यो

0
Shares

बीमा समितीले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश कडाई गरेसँगै प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित लाभांश परिमार्जन भएको छ ।

परिमार्जन भएको लाभांश अनुसार अब कम्पनीका लगानीकर्ताले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पाउनेछन् ।

पुस २८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गर्दै माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमाण्डौमा भर्चुअल माध्यामबाट २८ ण्औं वार्षिक साधारण सभा बोलाएको छ । बिहान ११ः०० बजे सभा बोलाइएको छ ।

इन्स्योरेन्सले यसअघि गत आवको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । बीमा समितीले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा पूर्णरूपमा कर प्रयोजन बाहेक लगाएपछि कम्पनीको लाभांश परिवर्तन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले ५ माघ देखि २१ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार माघ ४ गते मंगलबारसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।